चिकित्सकको परीक्षण शुल्क बढ्यो, एमडी गरेकाले ८ सय २५ रुपैयाँ लिन पाउने
काठमाडौं । चिकित्सकहरुको परीक्षण शुल्क बढेको छ् । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त विज्ञप्ति जारी गरी चिकित्सकले दिने परामर्श तथा परीक्षण शुल्क बढाएको जानकारी गराएको हो ।
पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र पाँच वर्ष बढी अनुभवी चिकित्सकको शुल्क ४ सय ५० रुपैयाँ तोकिएको छ । त्यस्तै, एमडी गरी १० वर्षसम्म अनुभव भएका चिकित्सको जाँच्ने शुल्क ८ सय २५ तोकिएको छ।