प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्रीको गिरफ्तारीः प्रचण्ड


काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारी लोकतन्त्रमाथि तालाचाबी लगाउने कामको सुरुवात भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आदिबासी जनजाति मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले झाँक्रीलाई प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताए । उनले लोकतन्त्रका पक्षमा बोल्दा राष्ट्रपतिविरुद्ध गलत बोलेको भन्दै आरोप लगाउनु सरासर झुठ भएको बताए ।

उनले देशी विदेशी प्रतिक्रियावादी शक्तिलाई लोकतन्त्र, संघीयता, समानुपातिक प्रतिनिधित्व, जाति जनजाति अल्पसंख्यकयलाई दिएको अधिकार मन नपरेको भन्दै संविधानमाथिको प्रहार त्यसैको परिणाम भएको बताए ।