आग्रह, पूर्वाग्रह र सत्याग्रह



डा. गोविन्दशरण उपाध्याय ।
आग्रह सकारात्मक अर्थमा प्रयोग गरिन्छ भने पूर्वाग्रह सकारात्मक तथा नकारात्मक दूवै अर्थमा प्रयोग हुन्छ । दूवै मानसिक भावना हुन् र दूवैले मनको भावनालाई प्रकट गर्छन् । आग्रहमा कुनै प्रकार हुँदैन, प्रस्ताव स्वीकार्न विनम्रतापूर्वक प्रार्थना गरिन्छ । आग्रह स्वीकार गर्न वा अस्वीकार गर्न व्यक्ति स्वत्रन्त्र हुन्छ । आग्रह अस्वीकार गर्ने व्यक्ति प्रति कुनै प्रकारको नकारात्मक भावना हुँदैन । आग्रह गर्नु हरेक व्यक्तिको प्राकृतिक स्वभाव हो भने आग्रह अस्वीकार गर्ने वा नगर्ने पनि मान्छेको नैसर्गिकता हो । आग्रह सरल मानसिक व्यवहार हो जुन स्वीकार गर्ने न नगर्ने दूवै प्रकारको निर्णय गर्ने अधिकार सम्बन्धित व्यक्तिसंग हुन्छ ।

पूर्वाग्रह मान्छेको त्यो विश्वास हो जुन सम्बन्धित व्यक्तिले आफ्नो र अरूको लागि पूर्णसत्य मानेको हुन्छ र त्यस्तो विश्वासलाई “सबै”को विश्वास भएको देख्ने चाहना राख्छ । यदि यस्तो विश्वासको आधार सत्य छ भने पूर्वाग्रहले सकारात्मक परिणाम दिन्छ, यदि यस्तो पूर्वाग्रहको आधार असत्य वा प्रायोजित छ भने त्यसले पूर्वाग्रही आफैलाई र त्यो पूर्वाग्रहलाई “सत्य” मानेर हिड्ने समाज, राष्ट्र सबैलाई अनन्त क्षति पुर्याइरहेको हुन्छ । उदाहरणका लागि नेपालका धेरैजसो राजनैतिक दलका उच्च नेताहरूलाई “समाजवाद, प्रजातन्त्र, गणतन्त्र” उचित छ भन्ने पश्चिमाहरूले तयार गरेको चिन्तनमा विश्वास छ । यस्तो विश्वासमा आधारित पूर्वाग्रहका कारण विगत ७२ वर्ष देखि सधैं असफल हुँदै आएका उपरोक्त राजनैतिक प्रतिमान प्रति पूर्वाग्रह छ ।

पूर्वग्रह एउटा व्यक्ति वा समाजको अभिन्न मानसिक अंग हो । विश्वका जुनसुकै व्यक्ति वा समाजलाई आफ्नो परिवार, गाउँ, राष्ट्र, धर्मआदिमा पूर्वाग्रह हुन्छ । यहुदी होस् वा इसाई, मुस्लिम होस् वा बौद्ध सबैलाई आफ्नो धर्म, संस्कृति तथा चलनमा विश्वास छ र त्यसै विश्वासका कारण पूर्वाग्रह छ । यस्तो पूर्वाग्रहका मामिलामा यहुदी, इसाई तथा मुस्लिमहरू सबैभन्दा प्रतिबद्ध छन् । हिन्दू, जैन तथा बौद्धहरूको पूर्वाग्रह अलि खुकुलो छ । हिन्दूहरूले अन्य धर्मको “आध्यात्मिक” अस्तित्वलाई स्वीकार गर्छन् तर अब्रहम सम्प्रदायका पन्थहरूमा यस्तो सुविधा छैन । अब्राहम–पथका सबैजसो अनुयायीहरूका लागि आफ्नो वाहेक जुनसुकै मान्यताहरू “अस्वीकार्य” छन् । किनभने अस्वीकार गर्ने शिक्षा निजका धर्मशास्त्रहरूले दिएका छन् र त्यो पढेर सुनेर उनीहरूको विश्वास अझैं बलियो भएको छ । यसरी बलियो विश्वास नै पूर्वाग्रह हो भन्न मिल्छ ।

सत्यतत्वको पूर्वाग्रहमा कठोरता अर्थात् “कठमुल्लापन” हुँदैन । असत्यमा आधारित पूर्वाग्रहमा कठोरता, जडता तथा विवेककीय निर्णयको अभाव हुन्छ । पूर्वाग्रहले बौद्धिक शक्तिलाई थुनेर राख्छ । बौद्धिक निर्णयलाई “पाप” हो भनेर उपहास गर्छ । त्यसैले आग्रही बनौं तर पूवाग्रही होइन । पूर्वाग्रह गरौँ तर त्यस्तो पूर्वाग्रहको स्रोत “सत्य”मा, वैज्ञानिक खोजमा आधारित हुनुपर्छ । पूर्वाग्रहीहरू विकास वा परिवर्तनका विरोधी हुन्छन् ्र आग्रहीहरूका लागि विवेकको बाटो सधैं खुला हुन्छ तर पूर्वाग्रहीले विवेकको ढोका सधैंका लागि वन्द गरेका हुन्छन् । त्यसैले सत्याग्रह गरौँ तर पूर्वाग्रहबाट जोगिउँ । मान्छे पूर्वाग्रह रहित बन्न सक्दैन तर आफूलाई क्रमशः आग्रही, सत्याग्रहीमा रुपान्तरित गरेर सत्यको बाटो प्रकाशित गर्न सक्छन् ।

अव विचार गरौँ, यदि हामीले आफूलाई सनातन वैदिक धर्मका अनुयायी भएको मान्छौं, त्यसप्रति गर्व गर्छौं, नेपाललाई हिमवतखण्डको सभ्यताको उद्गमस्थल मान्छौं । हरेक मान्छेमा जाति, लिंग, भाषा, धर्म, क्षेत्र, देश, उमेर, आर्थिक तथा राजनैतिक पूवाग्रहले ग्रसित हुन्छन् । मनोवैज्ञानिक बटलरकाअनुसार “पूर्वनिर्णय” नै पूर्वाग्रह हुन् । पूर्वाग्रहहरूको उद्गम सम्बन्धित व्यक्ति हुर्केको, सिकेको सामाजिक, सांस्कृतिक तथा सभ्यतागत मानक हुन्छन् । ती मानकहरूप्रति मान्छेमा विश्वास र श्रद्धा हुन्छ ्र यसै श्रद्धाले विश्वास सृजित गर्छ र विश्वासले पूर्वाग्रही स्वभावको निर्माण गर्छ । भारतीयहरूको पाकिस्तान र पाकिस्तानीहरूको भारतप्रति बुझाईले नै “हामी शत्रु हौँ” भन्ने पूर्वाग्रही चिन्तनको, त्यो चिन्तनले स्वभावको विकास गरेको छ । यदि पूर्वाग्रहको स्रोत धनात्मक छ भने त्यसले “बसुधैव कुटुम्बकम”को भावनालाई प्रखर बनाउँछ । यदि पूर्वाग्रहको स्रोत नकारात्मक छ भने यही पूर्वाग्रहले जाति, धर्म, राष्ट्र तथा व्यक्तिका बीच प्रतिद्वन्दिता सृजित गरेर विश्वलाई अशान्त बनाउँछ ।

मैले निवेदन गरिसकें आग्रह सकारात्मक मानसिक शक्ति हो । पूर्वाग्रह सकारात्मक तथा नकारात्मक दूवैलाई प्रतिनिधित्व गर्ने मानसिक संवेग हो भने सत्याग्रह सत्यप्रतिको स्थापित आग्रह हो जसले विश्वको भलोका लागि आत्मउत्सर्गका लागि अभिप्रेरित गर्छ । अब पाठकहरूले आफै विचार गरौँ – तपाईंमा आग्रह, पूर्वाग्रह वा सत्याग्रह कुन स्वभाव छ ? आग्रह उचित हो । सकारात्मक पूर्वाग्रह पनि उचित नै हो । दूवैको सन्तुलन सत्याग्रह हो । सत्याग्रही बनौं – यदि तपाईंको आग्रह वा पूर्वाग्रह सत्यापित हुन्छ भने सत्याग्रही बाटो स्वीकार गरौँ । आग्रहीले सत्यतिर अभिप्रेरित गर्छन् । पूर्वाग्रहीले सत्यका लागि होइन आफ्नो पूर्वनिर्णयको रक्षाका लागि सत्य त्याग्छन् । पूर्वाग्रहीको झूटो असत्यलाई चिर्न आग्रहीले नै सत्याग्रही बाटो अवलम्बन गर्छन् ।
क्रमशः…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेससँगको छलफलमा प्रधानमन्त्री संसदीय छानबिन समिति गठन गर्न तयार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन

मकवानपुरमा भीरबाट कार खस्दा तीनजना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा शनिबार बिहान

नेपाल प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै