काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले आज काठमाडौंमा बृहत् शक्ति प्रदर्शन गर्दैछ ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि लगातार सडक आन्दोलन गर्दै आएको यो समूहले आज बृहत् प्रदर्शन र सभा गर्न लागेको हो ।
प्रचण्ड–नेपाल समूहको आजको प्रदर्शनमा विभिन्न ५ ठाउँबाट जुलुस निस्कनेछ । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएको छ ।
प्रचण्ड- नेपाल समूहले आज रत्नपार्क–भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्न लागेपछि टुँडीखेल वरपर सबै क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनेछ । ट्राफिक प्रहरी महाशाखाले आज विभिन्न ठाउँबाट जुलुस निस्कने भएकोले बैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया