मेरो अध्यक्ष केपी ओली नै हो



आरती भण्डारी ।

अर्को महाधिवेशनले नया नेतृत्व प्रदान नगर्दासम्म मेरो अध्यक्ष केपी ओली नै हो । एमालेदेखि नेकपासम्मको विधानले, माधव नेपालदेखि प्रचण्ड कमरेडसम्मले स्वीकारेको अध्यक्ष कमरेड केपी ओलीलाई मैले कसरी नस्विकारौँ ? विधिबाट बनेको अध्यक्षलाई महाधिवेशनबाटै फाल्नुपर्छ, नत्र स्विकार्दै अगाडि बढ्नुपर्छ ।

दोबाटो, चौबाटो, चियापसलमा मेरो बिषयमा साथीहरुले चिन्ता लिंदै गफ गर्नुभएछ । अब मेरो भविष्य छैन पनि भन्नुभएछ । सायद मैले माक्र्सवादी दर्शन पढिरहँदा उहाँहरु ज्योतिषविज्ञान अध्ययन गर्दै हुनुहुन्थ्यो क्यार । तर चिन्ता नगर्नुस् मेरो राजनीतिक भविष्य बिग्रनु या सप्रनुमा मलाई चिन्ता छैन । तर म पार्टीको विधान अवश्य मान्नेछु । सफलता असफलता त कृयाशिलतामा निर्भर गर्दछ । पार्टी एकताको उत्साह क्षणभरमै तहसनहस हुँदा दुःख त लागेकै छ । तरपनि नेता भन्दा नीति प्रधान हुन्छ भन्नेकुरा मैले भुल्न सक्दिन ।

आज आमकार्यकर्ता अन्यौलमा हुनुहुन्छ । यो लामो कालखण्डमा धेरै गोरेटो पार गरियो । धेरै साथीहरुको साथ मिल्यो, कतै यो विभाजनले हाम्रो मन, हिजोको स्नेह र साथ टुट्ने त होइन भनेर आमकार्यकर्तालाई चिन्ता लागेको छ । म एमालेको संगठित सदस्य भइरहँदा मैले भोट हालेर जिताएर पठाएका महाधिवेशन प्रतिनिधिले बनाएको अध्यक्ष केपी ओली हुनुहुन्छ ।

हिजो एमालेको विधानले अनि आज नेकपाको विधानले स्वीकारेको अध्यक्ष केपी ओली नै हो । अनि मेरो नैतिकताले कसरी स्वीकार गर्छ कमरेड अरुलाई ? विधि र पद्धतिको कुरा गर्ने हो भने हिजो महाधिवेशन पश्चात माधव कमरेडले र पछि पार्टी एकता पश्चात प्रचण्ड कमरेडले समेत स्विकारेको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै हो, मैले आजसम्म कुनै नेताको नाम लिएर गाली गर्ने हैसियत राखेकी छैन र राख्दिन पनि ।

आज पनि म सम्पूर्ण नेता कमरेडहरुलाई सम्मान गर्छु । केन्द्रीय राजनीतिले सिधै स्थानीय स्तरमा प्रभाव पारेको छ र एक अर्कालाई दोषरोपण पनि गरिएको छ । पार्टी विभाजन हुनुमा आमकार्यकर्ता दोषी नहुँदा नहुँदै पनि एक अर्काप्रति दूरी कायम भएका छन् । तर मैले यो संस्कार कहिल्यै सिकिन । म आज पनि उत्तिकै सबैलाई आदर गर्छु,उत्तिकै सम्मान गर्छु,।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,