प्रचण्ड-नेपाल समूहलाई चिडियाखानामा लगेर थुन्ने गृहमन्त्रीको चेतावनी


काठमाडौं ।, गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखाना लगेर बन्द गरिने बताएका छन् ।

शुक्रबार नेकपाको केपी ओली समूहले काठमाडौँमा गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै मांसाहारी आन्दोलन गर्नेहरुलाई चिडियाखाना लगेर बन्द गरिने बताएका हुन् ।

गृहमन्त्री थापाले प्रतिगामी र अवसरवादी तत्वहरुले नेतृत्वलाई अपदस्त गर्नका निम्ति सबै प्रकारको षड्यन्त्र र भ्रमहरुको साहारा लिदै गइरहेको बताए । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको आम हड्तालमा भएको क्षतिको सरकारले क्षतिपुर्ति लिने बताए
उनले काठमाडौँमा तोडफोड भएको ट्याक्सीको क्षतिपुर्ति सरकारले गर्ने बताए । पोखरेलले आफूहरुको लडाइ अराजकताविरुद्ध भएको बताए ।