काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूह निकटको अनेरास्ववियूका विद्यार्थीहरुले क्याम्पस अगाडि चक्काजाम गरेका छन् । संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनअन्तर्गत अनेरास्ववियूले बुधबार देशभरका क्याम्पस अगाडि केही समय चक्काजाम गरेका हुन् ।
अनेरास्ववियूले तेस्रो चरणको आन्दोलनअन्तर्गत मन्त्रीहरुको कार्यक्रम बहिष्कार, चक्काजाम, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेलगायतका कार्यक्रम यसअघिनै घोषणा गरिसकेको छ ।

प्रतिक्रिया