काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।
संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।


प्रतिक्रिया