बुटवलमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-नेपाल समूहले भन्यो-हाम्रो जित सुनिश्चित छ



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनलाई पछार्न एकजुट हुन आमजनसमुदायलाई आग्रह गरेका छन् ।

संसद विघटनविरुद्ध बिहीवार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध एकजुट हुन आग्रह गरेका हुन् ।

उनले आफू संसद विघटनविरुद्धका सभालाई सम्बोधन गर्न विभिन्न जिल्लामा सहभागी भएको र त्यहाँ ओली समूहप्रति वितृष्ण देखिएको बताए । उनले आफूहरु न्यायको पक्षमा रहेको र आफूहरुको जित सुनिश्चित भएको बताए ।

उनले भने, हामीहरु न्यायको पक्षमा छौं, हाम्रो जित सुनिश्चित छ, सूर्य चिन्ह हाम्रो हुन्छ, मूल पार्टी हाम्रो हुन्छ ।’ उनले माघ २८ गते काठमाडौंमा हुने प्रतिगमनविरुद्धको आन्दोलन भव्य हुने र प्रतिगमनलाई धक्का दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित

एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एकसय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ

प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति