ओलीमार्फत थप द्वन्द्व र अराजकता निम्त्याउने योजनाकाविरुद्ध एकजुट होऔंः संविधानविद् आचार्य



काठमाडौं । संविधानविद् डा. भिमार्जुन आचार्यले सशस्त्र द्वन्द्वका नेतृत्वहरूमार्फत समाजलाई विभाजन गरि स्थायी अस्थिरता कायम गर्न खोजिएको अधुरो योजना यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत उनीहरूले पूरा गर्न खोजेको टिप्पणी गरेका छन् ।

बुधबार सामाजिक संजालमार्फत आचार्यले अस्थिरता चाहनेहरुको यस योजनालाई देश र देशको हित चाहने सबै नागरिक र राजनीतिक शक्तिहरू सतर्क हुनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘सशस्त्र द्वन्द्वका नेतृत्वहरु मार्फत समाजलाई विभाजन गरि स्थायी अस्थिरता कायम गर्न खोजिएको अधुरो योजना यसपटक ओलीजी मार्फत उनीहरुले पुरा गर्न खोजेको देखिन्छ । देश र देशको हित चाहने सबै नागरिक र राजनीतिक शक्तिहरु यसमा सजक र सतर्क हुन आवश्यक छ । यो कुनै राजा वा राष्ट्रवादी शक्तिलाई पुनः स्थापित गर्ने योजना होइन । थप द्वन्द्व र अराजकता निम्त्याउने योजना हो। त्यसैले आजको पहिलो र न्युनतम आवश्यकता विधिको पुनर्वहाली हो। यसका लागि एकजुट होऔं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको

सुकुम्बासी वस्तीमा डोजर आतंक बन्द गर्न बालेनलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर नचलाउन आग्रह

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।