‘प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बरबराउने गर्छन्’



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत पौडेलले तनाशाहहरु आफ्नो अन्तिम समयमा यसैगरी बरबराउने बताएका हुन् । उनले लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा आफैं अघिल्लो मोर्चामा हुनेसमेत बताएका छन् ।

उनले लेखेका छन्, ‘हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ । सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरि दमनमा उत्रने गर्दछन्, जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो । तर, दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ र अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ । लोकतन्त्र र लोकतान्त्रीक संविधानको रक्षाका लागि हुने आन्दोलनमा म आफैं अघिल्लो मोर्चामा हुनेछु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो, तत्काल डढेलो नियन्त्रण हुने किसिमको वर्षाको सम्भावना कम

  प्रगति ढकाल, काठमाडौँ ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

२८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता आफ्नै कीर्तिमान तोड्ने तरखरमा

सिबी अधिकारी, काठमाडौँ  ।सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा