अब निरंकुशताको टाउकोमै हान्ने गरी आन्दोलन : प्रचण्ड



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  निरंकुशताको टाउकोमै हान्नुपर्ने अवस्थाको आन्दोलन घोषणा गर्न लागिएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यसअघिको काठमाडौं केन्द्रित कार्यक्रमले राम्रो सन्देश गएकाले काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने बताएका हुन् । उनले भने, ‘अस्तिको प्रदर्शनले जनताले छाड्नेवाला छैनन् भन्ने सन्देश गएको छ । गडबड गर्नु हुन्न भन्ने सन्देश गएको छ । सकारात्मक निर्णय आउने बेलामा अबको कार्यक्रमलाई राष्ट्रलाई झल्कने किसिमले गर्नुपर्छ ।’

उनले काठमाडौं बाहिर गरेर परिणाम नआउने बताए । उनले भने, ‘काठमाडौंमा फेरि ठूलो सभा गर्ने हो । टाउकोमै हान्नुपर्छ अन्त हानेर केही हुन्न भनेर काठमाडौंमा ठूलो प्रदर्शन गर्न लागेका हौं ।’ उनले सामन्ती एजेण्टहरुले गणतन्त्र उल्टाउने दुस्साहसलाई जनताले परास्त गरिछाड्ने बताए । उनले तानाशाहहरु कसरी सकिन्छन् भन्ने विश्वका धेरै उदाहरण रहेका भन्दे यसलाई सफल हुन नदिने बताए । उनले अब हुने विरोध प्रदर्शनमा प्रदेश दुईबाट २५ हजार जनता काठमाडौंमा उतार्न प्रदेश दुईका नेताहरुलाई आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापाका किसानलाई खरबुजाले दिएको खुसी

झापा । मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३

उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय

‘नेपाल’ शब्द सुन्नासाथ जापानीहरुको मनमा सगरमाथाको प्रतिनिधत्व हुने मनोरम हिमालय पर्वतको परिकल्पना आउँछ’

काठमाडौँ । “मेरा प्रिय नेपाली साथी नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाँइहरुको मनमा