शुल्क बढाउने सिफारिस तत्काल खारेज गरी गत वर्षसरह कायम गर्न डा. केसीको माग



काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क बढाउन सिफारिस गरेकोप्रति आपत्ति जनाएका छन् ।

आइतबार विज्ञप्ति जारी गरी डा. केसीले शुल्क बढाउने सिफारिस तत्काल खारेज गरी गत वर्षसरह वा सोभन्दा कम कायम गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर–नाफामुलक हुनुपर्नेछ । त्यसैले यसै पनि शुल्क कम गर्दै लगिनु पर्ने हो । त्यसमाथि कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा हो । त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन । त्यसैले तत्काल शुल्क बढाउने सिफारिस खारेज गरेर गत वर्षसरह वा सोभन्दा कम कायम गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँछौं । साथै हामीसित सम्झौता भए बमाोजिम चिकित्सा शिक्षा ऐनमा संशोधनको काम अघि बढाउन पनि माग गर्दर्छौ. ।’

चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबीबीएस कार्यक्रमका लागि ८ लाख शुल्क बढाउन प्रस्ताव गरेको छ । आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धी गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चका न्यायाधीश भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता हुन्ः ईश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् ।

फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । सरकारले यही फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष

गृह मन्त्रालयद्वारा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

काठमाडौ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा दरबार हाई स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

काठमाडौं । चीन सरकारले काठमाडौंको दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको