शुल्क बढाउने सिफारिस तत्काल खारेज गरी गत वर्षसरह कायम गर्न डा. केसीको माग



काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क बढाउन सिफारिस गरेकोप्रति आपत्ति जनाएका छन् ।

आइतबार विज्ञप्ति जारी गरी डा. केसीले शुल्क बढाउने सिफारिस तत्काल खारेज गरी गत वर्षसरह वा सोभन्दा कम कायम गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर–नाफामुलक हुनुपर्नेछ । त्यसैले यसै पनि शुल्क कम गर्दै लगिनु पर्ने हो । त्यसमाथि कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा हो । त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन । त्यसैले तत्काल शुल्क बढाउने सिफारिस खारेज गरेर गत वर्षसरह वा सोभन्दा कम कायम गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँछौं । साथै हामीसित सम्झौता भए बमाोजिम चिकित्सा शिक्षा ऐनमा संशोधनको काम अघि बढाउन पनि माग गर्दर्छौ. ।’

चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबीबीएस कार्यक्रमका लागि ८ लाख शुल्क बढाउन प्रस्ताव गरेको छ । आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धी गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कास्कीमा ४.३ रेक्टर स्केलको भूकम्प

गण्डकी । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार

नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न जनमत पार्टीद्वारा कार्यदल गठन

  काठमाडौँ । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग