निर्वाचन हुने सम्भावना छैनः डा. कोइराला



महेन्द्रनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको बताए ।

“हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो”, कोइरालाले भने, “पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने हो ।” त्यसैगरी पार्टी महाधिवेशन क्रियाशिल सदस्यताको नामावली सङ्कलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितिले गर्दा समयमा हुन नसकेको उनले बताए ।

“जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशिलको नामावली अझै आउन सकेको छैन”, उनले भने, “समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो ।” मातृशोकमा रहेका नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन