विश्वमा ७१.८२ प्रतिशत मानिस कोरोना संक्रमणमुक्त,२१ लाख संक्रमितको मृत्यु



विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ७९३ संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या संख्या २१ लाख १६ हजार ३१९ पुगेको हो । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ६ लाख ४७ हजार २२८ जनामा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ८७ लाख ४२ हजार ६९१ पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ करोड ९ लाख १७ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितका आधारमा निको हुनेको दर ७१.८२ प्रतिशत हो ।

कुल संक्रमितको २६.०४ प्रतिशत अर्थात् सक्रिय संक्रिमतको संख्या २ करोड ५७ लाख ८ हजार ९६१ जना अहिले उपचारका क्रममा छन् । जसमध्ये १ लाख ११ हजार २७० जनाको अवस्था गम्भीर रहेको छ ।

यसैगरी, संक्रमणको सबैभन्दा बढी असर परेको अमेरिकामा २ करोड ५३ लाखभन्दा बढी संक्रमित भएका छन् । ४ लाख २४ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १५४ जनाको मृत्यु भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ३४४ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या १ करोड ६ लाख ४० हजार ५४४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ६३ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

  जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११