अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोह हेर्दा



नारायण गाउँले ।
पहिलोपल्ट अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण लाइभ हेरियो ।  विश्वकै शक्तिशाली राष्ट्रपतिलाई अग्लो मञ्चमा अरूभन्दा अलग्गै राखिएला भनेको त अति सामान्य कुर्सीमा अरूसँगै राखिने रहेछ ! मञ्च हेरेर को कति ठूलो हो भन्ने थाहा नहुने ।

पूर्वराष्ट्रपतिहरू देखि भिभिआइपीहरूको उपस्थिति भए पनि तिनले भाषण नगर्ने रहेछन् । बरु गीत र कविताले ठाउँ पाए !
जसले जे बोल्न या गर्नका लागि समय पाएको हो, त्यही मात्रै गर्ने रहेछ । न भूमिका, न सम्बोधन, न धन्यवाद !

शपथ भगवान्का नाममा खाइने रहेछ । धेरै ठूला नेताले बोल्न नपाए पनि धर्मगुरुले प्रार्थना गर्न भने समय पाउने रहेछन् ।
डोनाल्ड ट्रम्पबारे राष्ट्रपतिले एक शब्द बोलेनन् । कसैलाई तोकेर आलोचना गरेनन् । काम जे गर्लान्, पहिलो भाषण सबैलाई जोड्ने खालको थियो ।

र, सबैभन्दा मन छोएको कुरा, निर्वाचन परिणामलाई लिएर सयौं मुद्दामामिला र शक्ति प्रयोग हुँदा समेत सबै कुरा तोकिएकै समयमा तोकिएकै प्रक्रियामा पूरा भयो । निर्वाचन आयुक्तदेखि अदालत सबैले समयभित्रै निकास दिए ।

खासगरी उपराष्ट्रपति माइक पेन्स पनि ट्रम्पजस्तै उद्दण्ड भएको भए प्रक्रिया केही समय अवरुद्ध हुन सक्ने रहेछ । उनले ट्रम्पको बिदाइ समारोह छोड़ी बाइडेनको शपथग्रहणमा उपस्थित भएर पार्टीको इज्जत बचाएको धेरैले कमेन्ट गरे । सम्भवतः अर्को चुनावमा उनी राष्ट्रपतिको उम्मेदवार बन्ने होडमा सामेल होलान् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।