तपाइँलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने ? भन्दै प्रचण्ड-नेपाल समूहले सोध्यो ओलीलाई स्पष्टीकरण



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्र बुझाएको छ । प्रचण्ड-नेपाल समूहका नेताहरु सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई स्पष्टीकरण पत्र बुझाएका हुन् ।

पार्टीले एकपटक जानकारी गराउँदा समेत उहाँले आफ्नो गतिविधिलाई नरोकेकाले साधारण सदस्यबाट किन नहटाउने भन्दै पत्र बुझाएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

ओलीलाई स्पष्टीकरणका लागि तीन दिनको समय दिइएको छ । ओलीलाई पत्र बुझाउन प्रचण्ड-नेपाल समूहका नेताहरु श्रीराम ढकाल, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने गएका थिए । उनीहरुले प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा पत्र छाडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशीमा शुक्रबारसम्म नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा

पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी

पार्टीभित्र गुटबन्दी नगर्न नेता कार्यकर्तालाई ओलीको चेतावनी

कृष्णनगर (कपिलवस्तु) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई

कांग्रेसले भन्यो-संसदीय छानबिन समिति गठनको माग यथावत छ, सदन चल्न नचल्ने सरकारको हातमा छ

काठमाडौं । नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय