वेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि
काठमाडौं । वेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना भइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार वेलायतबाट केही दिन अघि नेपाल आएकामध्ये ६ जनाको नमुना परीक्षणका लागि हङकङ पठाएकोमा दुई पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।