पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु



विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ३१ हजार भन्दाबढी संक्रमित थपिएका छन् भने ४ लाख बढी संक्रमणमुक्त भएका छन् । हालसम्म विश्वमा ९ करोड ५४ लाख ७९ हजार ६२ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ६ करोड ८१ लाख ६७ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ९ हजार बढी संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २० लाख ३९ हजार ६०१ पुगेको छ । हाल विश्वमा २ करोड ५२ लाख ७२ हजार ३०० जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख १३ हजार २१४ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाबाट सबैभन्दा बढी संक्रमित अमेरिकामा २ करोड ४४ लाख ८२ जार ५० जना रहेका छन् । यस्तै ४ लाख ७ हजार २०२ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ५ लाख ७२ हजार ६७२ पुगेको छ भने १ लाख ५२ हजार ४५६ जना संक्रमितको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा