‘यीनीहरुले देखाउने पटके चटकलाई राजा महेन्द्रको देशभक्तिसँग तुलना गर्नेलाई मूर्खको पुरस्कार दिनुपर्छ’



भरत दाहाल ।
दिल्लीको सत्ताले ०५९ सालमा पुष्पकमल र बाबुरामलाई अटलविहारी वाजपेयीको कार्यालयमा पठाएर विन्तिपत्र हाल्न लगायो । त्यसपछि आफ्नो काखमा सुताएर आफ्नैविरुद्ध युद्धका लागि भन्दै सुरुङ खन्न लगायो र सर्वहारा क्रान्तिको पटके तमासा देखाउन लगाउँदै १२ बुँदेमा स्यालका रुपमा देखायो ।

नाकाबन्दीमा देखिएका राष्ट्रवादी ओली मोदीको भ्रमणका बेला राजस्थानी कोलीका रुपमा अवतरण गराईए । लिम्पियाधुरा नक्सालाई स्कूले पुस्तकमा छाप्न रोक्ने निर्णय गर्दै २० बर्ष अगाडीको जहाज अपहरणमा नेपाललाई दोषारोपण गर्दै अभियान चलाउने र लिम्पियाधुरा नक्सा चीनको उक्साहटमा भएको भन्दै चिनियाँ राजदूतलाई ओलीसँगको सम्बन्धसँग जोडेर समाचार प्रशारण गर्ने ईण्डियन टेलिभिजनलाई वालुवाटारमा बोलाएर अन्तर्वार्ता दिंदै दलाल सम्बन्धमा सन्तुलन मिलाईयो ।

ओलीको दलाली यत्तिमा मात्र सीमित रहेन । उनले चम्चागिरीको निकृष्टता प्रदर्शन गर्दै नेपालका सबै भाषाहरु बहिष्कार गरी हिन्दी भाषामा अन्तर्वार्ता दिए । यो मोदीको भ्रमणका बेला ओलीले राजस्थानी पोशाकमा सजिएर मोदीको कोली बने जस्तै घटना थियो । दलालहरुले यसैगरी मालिकको मन राख्ने कोशिस गर्छन्, उनीहरुको दिमागले राष्ट्रिय हित के हो भन्ने कुरा नै बुझ्दैन।

तर ओलीभन्दा तल्लो स्तरका अर्कोथरीले ईण्डियन टेलिभिजनसँगको ओलीको अन्तर्वार्तालाई लिएर राष्ट्रवादको ढोल बजाउन थालेका छन् । यस्तो ढोल बजाउनेको अग्रपंक्तिमा रअ को काखमा सुतेर त्यसकै विरुद्धमा सुरुङ युद्ध खन्ने, ईण्डियन सेनाको सहयोग लिएर राजा वीरेन्द्रलाई अपदस्त गर्नुपर्छ भनेर पार्टी बैठकमा प्रस्ताव लैजाने र ईण्डियन योजनामा भएको मदन भण्डारीको हत्यालाई दबाउनेहरु छन् ।

ईण्डियन काखमा सुतेर त्यसकै विरुद्ध सुरुङ खन्ने, महाकालीले बर्षेनी खर्बभन्दा बढी सुनका अण्डा पार्छ भनेर विना डीपिआर ईण्डियालाई महाकाली बुझाउने, नक्सा पारित गरेर पुस्तकमा छाप्न रोक लगाउने, राजा अपदस्त गर्न ईण्डियनहरुसँग सहयोगको प्रस्ताव लैजाने यस्ता पतितहरुको चटकलाई हेरेर यीनीहरुले देखाउने पटके चटकलाई राजा महेन्द्रको देशभक्तिसँग तुलना गर्नेहरुलाई मूर्ख पुरष्कार दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुमारी सहकारी हिनामिना प्रकरण : एक अर्ब १३ करोड बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता

म्याग्दी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका

भूकम्पबाट कहाँ-कहाँ भयो क्षति ?

काठमाडौं । भूकम्पपछि भाग्ने क्रममा सिन्धुपाल्चोकमा एकजना घाइते भएका छन् । जिल्ला कारागारबाट

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्र बनाएर ६ दशमलव एक म्याग्निच्युडको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको

आगामी आर्थिक वर्षको बजेट लेखनका लागि अर्थ मन्त्रालयले बनायो ६ सदस्यीय समिति

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट