माउन्ट एभरेस्ट, सगरमाथा र सुधीर चौधरी विवाद



केशवप्रसाद भट्टराई ।
२०१६ सालमा इतिहास शिरोमणि बाबुराम आचार्यको परामर्शमा वीपी कोइरालाले माउन्ट एभरेस्टलाई सगरमाथाको नाउ दिए र त्यही मौलिक नाऊले सगरमाथामाथिको नेपाली दावीलाई त्यसै आधारमा चीनले स्वीकार गर्यो । १८६५मा ब्रिटिस भारत सरकारले त्यसलाई आधिकारिक रूपमा माउन्ट एभरेस्ट नाउ दिएको थियो । तर १८५६ देखिनै त्यसलाई माउन्ट एभरेस्ट भन्न थालिएको थियो ।

जर्ज एभरेस्ट भारतका प्रथम नापी विभागका महानिर्देशक थिए र उनको कार्यकालमा सन् १८५२मा भारतीय नापी अधिकारी तथा गणितज्ञ राधानाथ सिक्दरले सगरमाथाको उचाई पत्ता लगाएका थिए र यसले संसारको सवैभन्दा अग्लो पर्वतको मान्यता पाएको थियो क्ष्
तत्कालीन ब्रिटिस भारत सरकारले एक भारतीय नागरिकलाई त्यो सम्मान दिन शायद चाहेन र अङ्ग्रेज अधिकारीलाई त्यो सम्मान दियो ।
माउन्ट एभरेस्ट को नामाकरण हुनु अघि त्यसले कुनै नाउ पाएको थिएन त्यसलाई पिक १५ अर्थात् एभबप ह्ख् ले चिनिन्थ्यो ।
सन् १८४९मा ग्रेट ट्रिगोन मेट्रिकल सर्भे अफ इन्डियाले यसको उचाईको नापी गर्ने घोषणा गरेर नापी कार्य शुरु गरेको थियो ।

हिमालय पर्वतको बारेमा त पश्चिमाहरूले पहिलो सताव्दी देखिनै उल्लेख गर्न थालेका पाइन्छ तर सन् १७१५मा काश्मिर तिरबाट ल्हासाको यात्रामा हिँडेका इटालियन पादरी इपोलिटो डेसिदडेरीले एउटा अद्भूत र त्राषद विराट पहाडको उल्लेख गरेका थिए ।

त्यसको झन्डै आधा सताव्दी पछि ब्रिटिस भारतका प्रथम सर्भे जनरल मेजर जेम्स रेनल नापीको क्रममा भुटान सम्म पुगे र त्यहाँ उनले वर्षैभरी हिउँले ढाकिने पहाडहरूको लामो शृंखला देखे र उनैले संसारको सवै भन्दा अग्ला पर्वतहरू एसियाको उक्त भूखण्डमा अवस्थित रहेको घोषणा गरे र त्यसपछि संसारको ध्यान त्यस तर्फ केन्द्रित भयो ।

कलकत्ता उच्च अदालतका तत्कालीन न्यायाधीश र पूर्वीय दर्शन र संस्कृतिका विद्वान विलियम जोन्सले भागलपुरमा गङ्गा किनारबाट करीव चार शय किलोमिटरको दूरीमा आफूले यौटा अद्भूत र विराट पहाड देखेको उल्लेख गरे ।

मेजर जेम्स रेनलका उत्तराधिकारी हेनरी कोलब्रुकले १७९०को दशकमा हिमालका उच्च पर्वत शृंखला हरूको नापी गर्ने चासो देखाए ।
पछि उनी बिहारको पूर्णियाको सहायक कलेक्टरको हैसियतमा रहँदा उच्च हिमाली शृंखलाहरूको गणितीय नापो लिन लागे र उनले विलियम जोन्सले भन्दा धेरै निकट अर्थात् करीव दुई सय ४० किलोमिटरको दूरीबाट गणना गर्दा सगरमाथाको उचाई २६ हजार फीट भन्दा माथि रहेको निष्कर्ष निकालेका थिए ।

आधिकारिक रूपमा सगरमाथाको उचाई नाप्न नेपाल भएर नै जानु पर्ने र त्यतिखेको नेपाल पूर्वमा भुटान देखि पश्चिममा पंजावसम्म फैलिएको हुनाले नेपाल बाहेकको भागबाट त्यहाँ जान नसकिने भएकोले त्यो त्यसै अड्किएर रहेको थियो ।

१८०७ ताका ब्रिटिस भारतीय अधिकारीहरू आफ्नो भूभागछुने ठाउँको कर्णाली र रापती नदी तटमा आएर र गोरखपुर, पिलिभित आदि स्बट सागरमाथा हेर्न र त्यसको अध्ययन गर्न थाले ।

एवं क्रमले अध्ययन र अनुषन्धान हुँदै जाँदा यसको नाऊ एभरेस्ट र सगरमाथा रहन गएको र यसको उचाई को आधारमा यो संसारको सवै भन्दा उच्च शिखर प्रामाणित हुन आएको सन्दर्भ यहाँ बुझ्न सकिन्छ ।

वैज्ञानिक आधारमा यसको वास्तविक उचाई पहिलो पटक राधानाथ सिक्दरले पत्ता लगाएका थिए भने सुधिर चौधरीले एक भारतीयको अथक परिश्रम र उनले पाएको उपलव्धिको जस उनले किन नपाउने ? त्यसैले भारतले त्यसको लागि दावी गर्नु पर्दछ भनेर उनले भन्दा त्यहाँ कहाँ अनुचित भयो मैले बुझ्न सकिन । उनको भिडियो हेर्दा मैले सगरमाथामा भारतले दावी गर्नु पर्दछ भनेको त मैले बुझिन ।

सगरमाथाबारे कुनै रूची र सरोकार नभएको, सगरमाथा देख्दै नदेखेको र उक्त नाउमा स्वयम् कर्णेल एभरेस्टले पनि सङ्कोच मान्ने गरेको उनको नाऊले भन्दा सिक्दरको नाऊले सगरमाथा चिनियोस भनेर यौटा भारतीय नागरिकले भन्दा के गल्ती भयो मैले बुझिन ।
यहाँ प्रधानमन्त्री ओलीको कहाँ गल्ती भयो त्यो पनि मैले बुझ्न सकिन । मेरो अज्ञानतालाई क्षमागर्दै बुझ्ने जान्नेले कृपया बुझाइदिनु होस् न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गिटी बालुवा निकासी गर्ने बजेट बक्तव्यको बुँदा नम्बर १९९ तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गिट्टी बालुवा निकासी गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न

४०२० जना संक्रमणमुक्त, १९६३ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १९६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले विश्वासको मत पाएका छन् ।

‘तपाइँहरु केपी ओली मात्र भन्नु हुन्छ त्यो होइन, काठमाडौंको मानसिकतानै संघीयता विरोधी’

काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा अवसरवादीहरुको गठबन्धन बनेकाले