जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारमाथि सरकारबाट प्रहारः प्रचण्ड-नेपाल


काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकता अनुसार मनाउने माघी, माघेसङ्क्रान्ति र माघेसकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्षद्वयले शुभमाना दिँदै नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्व सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना परिवारका सदस्यहरु माझ हर्षोल्लासपूर्ण मनाउन आग्रह गरेका हुन् ।