प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार रिमालद्वारा सीमामा बस्न मिश्रलाई चेतावनी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा मिश्रले गरेको ट्विटप्रति आपत्ति जनाउँदै रिमालले मिश्रलाई सीमामा बस्न चेतावनी दिएका हुन् ।

मिश्रले लेखेका थिए, ‘कस्तो समय आयो ! पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्री र राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध ¥याली आह्वान गर्दा हजारौं सरिक हुने । अब अति भो !’

मिश्रले गरेका उक्त ट्वीटप्रति आपत्ति जनाउँदै रिमालले लेखेका छन्, ‘सीमामा बस्नुस् रवीन्द्र जी ! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यतिचाहिँ भनूँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।’