गरिबका लागि खै के छ ?
डा. युवराज संग्रौला ।
देश अहिलेसम्म खुइलिएकै छ । गरिवका घरमा खाना छैन । गरिबलाई अस्पताल र औषधि छैन । पुलिस निजामती सेना सबैका अस्पताल छ, अस्पताल शिर्फ गरिबको छैन ।
न्यायाधीशलाई राज्यले गाडी दिन्छ, माननीयहरुलाइ राम्रो तलब र गाडी दिन्छ, कर्मचारीलाई गाडी दिन्छ तर गरिबलाई स्कुल छैन । उच्च शिक्षा माथिका २० प्रतिशत धनीलाई मात्र प्राप्त छ ।
सुतेदेखि जाग्दासम्म, जन्मदेखि मर्दासम्म कर तिर्नुपर्छ । गरिबले खाने पानी फोहोर छ, धनीका कुकुर नुहाउने पानी सफा छ ।
हुनेका छोराछोरी ६५ हजार विदेश जान्छन् पढ्न, बर्षेनि खर्बौं विदेश लान्छन् गरिब अरबमा रगत सुकाउछन् ।
संविधानले समाजवाद निर्माण गर्ने प्रतिबद्धता कहाँ गयो ?
अहिले देशमा प्रतिनिधिसभा विघटन भएको छ । अब फेरि निर्वाचनमा १० अर्ब खर्च हुन्छ । त्यसपछि जति घुस खाएपनि हुन्छ, किनकी प्रधानमन्त्रीलाई अब उप्रान्त संविधान विघटन “रक्त स्वाद थाहा भैस्क्यो।“
सबै मानिस प्रतिनिधिसभा विघटनमा बेखुसी छन् । तरपनि, आन्दोलनमा रस छैन, किन ?
१. जनता भन्छन, एउटा प्रधानमन्त्री नछोड्ने, अरुलाई त्यही चाहिने । हामी किन मूर्ख हुने ? “अब अग्रज नेताहरु दोस्रो पुस्तालाई छोड्ने र उनीहरुले राम्रो काम नगर्दा छडी लगाउने काम गर्नुहोस् ।
२. आफ्नो बिचारधाराको ख्याल गर्नुहोस् । स्याल भए स्याल हो भन्नू होस बाघ भए बाघ ।
३. देशप्रति इमान्दार हुनुहोस् । छोराछोरी विदेशमा बाबु आमा नेपालमा बसेर नेताको भत्ता खान बन्द गर्नुहोस् ।
४. अब राजनीति सुधार्नु होस् । सिद्धान्त, मूल्य र मान्यता देशको रक्षाका उपायका कुरा गर्नुहोस् । विदेशीलाइ देवता नमान्नु होस् ।
५.गरिबका माग लिएर सडकमा आउनुहोस् । तब जनताले साथ दिन्छन् ।
यदि त्यसो होइन भने सत्तामा बस्ने र सत्ता बाहिर बस्ने दुबै खाले नेताहरु जेल जाने दिन आउँछन् । ब्वाँसोलाई आफ्नो ठान्ने पाठो कहिलेसम्म सुरक्षित होला र !
अब सत्ताको राजनीति चाहिँदैन । अब विकास, समाजवाद र राष्ट्रियताको राजनीति चाहिन्छ । धननन्दहरुको निकम्मापनको घडा भएपछि चाणक्यहरु उम्रिन्छन् ।