‘नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन’



डा. रवीन्द्र पाण्डे ।

बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं । यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस हैन । भाइरसको स्वरूप परिवर्तन अर्थात् म्युटेसन भइरहन्छ । त्यही क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो । पुरानो कोरोना भाइरसभन्दा यो ७० प्रतिशत बढी सर्न सक्दछ । उदाहरणको लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यो ७० प्रतिशत बढी अर्थात् १७०० जनालाई संक्रमण गराउन सक्छ ।

यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ । आमसर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन । यो सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै हो । अन्य व्यक्तिसँग भेट्दा मास्क सही तरिकाले अनिवार्य रुपमा लगाउने, भीडमा नजाने, भौतिक दुरी कायम गर्ने, बन्द कोठामा भेटघाट र बैठक नगर्ने तथा हातलाई नियमित रुपमा धुने वा स्यानिटाइज गर्ने हो भने यो भाइरस फैलिए पनि सर्दैन ।

आफ्नो घरमा उपलब्ध पोषिला खाना खाने, घाममा बस्ने, दिउँसो ब्यायाम गर्ने ( जाडोमा मर्निंग वाक नगर्नु राम्रो ), तनाव नलिने, राति ८/९ घण्टा सुत्ने, मौसमी फलफुल खाने, औषधिसेवीले आफ्नो औषधि नछोड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्ने हो भने हाम्रो स्वास्थ्य र काम दुवै सँगै जानेछ ।

जेष्ठ नागरिक तथा दीर्घबिरामीले आफ्नो स्वास्थ्य हेरेर सकभर खोप लगाउनुपूर्व घरमा नै बस्नु राम्रो । गलत सुचना नै तनावको स्रोत हो । तसर्थ आधिकारिक समाचार मात्र हेर्ने र पढ्ने, स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने तथा नकारात्मक समाचार नहेर्ने गर्नु नै तनाव कम गर्ने मुख्य उपाय हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने