प्रचण्ड-नेपाल समूहद्वारा माघ २३ गतेसम्मका लागि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय संघर्ष समितिले शनिबार कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संघर्षका कार्यक्रममा प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तक्रिया, प्रदर्शन लगायतका रहेका छन् ।

पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला र आन्दोलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम चलाउने , पुस २१ गते संघीय राजधानी र देशका ठूला शहरमा अन्य राजनीतिक शक्तिहरुसँग प्रधानमन्त्री ओलीको कदमविरुद्ध अन्तरक्रिया कार्यक्रम, पुस २३ गते नागरिक समाजसँग अन्तरक्रिया गर्ने सो पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै पुस २४ गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने उनले बताए । माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गरिने उनको भनाई छ । पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले संसद पुनःस्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले अन्य दलहरुपनि आफूहरुको आन्दोलनका सहभागी हुने र संयुक्त आन्दोलन गर्ने दावी गरे ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा विभाजनको संघारमा छ । त्यसपछि प्रचण्ड नेपाल समूहले आन्दोलन गर्दै आएको छ । सो पक्षले आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी छ : सांसद यादव

काठमाडौँ । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा तीन जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त