लघुकथा: संयोग
प्रभादेवी पौडेल।
नितेश बिदेश गएको केही बर्ष भएको थियो। ऊ पुर्ण रुपले नयाँ संस्कृतीमा भिजिसकेको थियो। उ त्यहाॅ पुगेपछि निड्स भयो। उसले बिदेश घुम्नको लागि बाबु आमालाई पनि बोलाएको थियो। त्यसै बिचमा अंग्रेजी नयाँ बर्ष आएको थियो। सबै नेपालीहरु एकै ठाउँमा जम्मा भएर चाड मनाउने बिचार गरे।उसले बाबु आमालाई पनि संगै लाने बिचार गर्यो। काममा पनि छुट्टि हुनाले उ र उसका साथिहरु बिहानै देखि राम्रो बन्ने तर्खरमा थिए। यसै बिचमा उ हजामकोमा गयो। उसले कपाल मिलाइसके पछि कानको पछाडि अलिकती माथि दुबै तिर सानो धर्को बनाइदिन भन्यो हजामले काटेको उसलाई मन परेन र निराश हुँदै पुरै कपाल खौरिन लगायो।
घरमा आएर क्याप खोज्यो। काॅही भेटेन। हतार हतार गरेर बाबा आमालाई पनि साथै लिएर गयो। कार्यक्रम शुरु हुन लागि सकेको थियो। चिसो मौसम थियो। उनीहरु नाच गान र खान पिनमा मस्ती रमाए। धेरै फोटाहरु खिचे। कार्यक्रमको लाइभ पनि गरे।
नेपालबाट कमेन्टको ओइरो लाग्यो, ‘बल्ल नितेश नेपाल आमाको सच्चा छोरो जस्तो देखियो,नेपाललाई सम्झिएकोमा धन्यबाद । यस्तै यस्तै हजारौं कमेंट आए ।” उ दंग पर्यो सबैले कमेंटमा आफैलाई लक्षित गरेका थिए। उसले फोटो नियालेर हेर्यो शिरमा ढाकाको टोपी थियो , जुन आमाले छोरोलाई तालुबाट चिसो पस्छ भनेर बाको शिरको ढाकाको टोपी लगाईदिनु भएको थियो।संयोगले टोपी दिवस परेछ।