आउनेछ कोरोनाको खोप तर नेता, व्यापारी र धनीलाई मात्र !



डा. अरुणा उप्रेती ।

केही दिन अघि म स्वास्थ्य मन्त्रालय पुगेको थिएँ । त्यहाँ उच्च पदाधिकारीहरू नयाँमन्त्रीज्यूसँग बसेर मिटिङमा होइबक्सेका रहेछन् (नयाँ नेपालमा सिकेको बोली) मलाई आधा घण्टा समय दिनुस् न ‘नेपालको महिला स्वास्थ्यको बारेमा कुरा गर्न’ भनेर त्यहाँको एक ठूला मान्छेलाई भन्दा, उनको उत्तर थियो “हेर्नुस् हामी कोरोना भ्याक्सिन नेपालमा ल्याउन लागिरहेछौं । निजी क्षेत्रहरू पनि यसमा इच्छुक छन् । कागज पत्र बनाउन ब्यस्त छौं, अर्को हप्ता आउनुस् न है ।” मैले भने “कोरोनाको खोप नेपालमा ल्याउन अहिले त सकिन्न होला । आए पनि साधारण जनले पाउन्न । पाए पनि निजी क्षेत्र आएपछि धनी, व्यापारी, पैसा भएका कानुनी लुटेरा, ओली, पौडेल, देउवा, कोइराला जस्ता नेपालका ठूला नेता र उनका आसेपासेले मात्रै पाउनेछन् । जनताले त खोपको आशा यो पनि हुन्न ।”

“हो, हामीलाई पनि थाहा छ, खोप अहिले आउँदैन तर जनतालाई देखाउन केही न केही काम त देखाउनै पर्यो’ भनेर ती पदाधिकारी हुँइकिबक्सियो मन्त्रीज्यूको कक्षमा ।
शायद कुनै ओम्नीपोटेन्ट (omnipotent ) अर्थात ‘जे काम पनि गर्न सक्ने” कुनै शक्तिशाली पक्षका ब्यक्तिहरू मन्त्रीको कक्षमा आएका थिए होलान् ।

मैले त पछि पो थाहा पाए, मैले पहिले चिनेका स्वास्थ्यमन्त्री त पर्यटन मन्त्रालयमा गए, उनले ‘नेपालमा पर्यटन विज्ञ’ भएर भाषण छाँट्दै बक्सेको देखेपछि ।

अहिलेका नयाँ स्वास्थ्य मन्त्री नेपालको कोरोना खोप, (माफ गर्नुस् कोरोना विरुद्धको) खोप ल्याउन निजी क्षेत्रलाई दिँदा, कति बैंक ब्यालेन्स बढ्छ भनेर विचार गरिबक्सदै होला । अहिलेका मन्त्रीहरूलाई त कोरोनाको औषधि र खोपबारे, बिजुली झ्याप झ्याप जान लगाइ बक्सेर इन्भटर बेच्ने, किसानलाई चिनीको पैसा नदिने मालिकबाट धुवाँधर ‘रकम’ उठाइबक्सने विचार छ भन्ने कुरा सुलसुलले, भनेको छ । मैले पनि विश्वास गरी हालेको हुँ ।

त्यसैले कोरोनाको खोप जन साधारणको लागि हुने छैन । चुनावको रन्कोमा मन्त्रीज्यूहरूले ‘कोरोनाको खोप ल्याउनेछौं, अर्बौ तिरेर’ भनी चाहिँ बक्सनेछ । तर जसरी पुराना वाचनहरू बागमतीको पानीमा मिलेर बगि पठायो, मन्त्रीज्यूहरूको वचन पनि त्यसरी नै बगी बक्सनेछ ।
साधारण जन के विचार गर्नु भने–तिमीहरूले खोप पाउने आशा नगर्नु, नत्र चिनीका पैसा माग्न आएका किसानको जस्तै मुटु दुखेर नै तिमीहरूको मृत्यु हुनेछ ।

आशा नै नगर दुःख नै हुँदैन । मलाई त कोरोनाको विरुद्ध खोप लगाउन पाउँछु भन्ने आशा छैन । कोरोना छ कि छैन भनेर जाँच पनि गर्दिन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आर्थिक वर्षको बजेट लेखनका लागि अर्थ मन्त्रालयले बनायो ६ सदस्यीय समिति

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट

सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैन : महामन्त्री शर्मा

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन

किन चाहियो प्रदेशमा लोकसेवा ?

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग

लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको