कामका लागि कार्यालय जान नसक्ने तर पार्टी प्यालेसमा मान्छे बोलाएर अरुलाई गाली गर्दा लज्जाबोध नहुने !



नारायण गाउँले ।

यसो सोच्छु ! बेलायतले भ्याक्सिनेशन सुरु गरिसकेको छ । विश्वकै उत्कृष्टमध्येको स्वास्थ्यसेवा, त्यो पनि निःशुल्क उपलब्ध छ । भनिन्छ, एक दिनको बन्दले झन्डै हाम्रो वार्षिक बजेटभन्दा धेरै नोक्सान हुन्छ ।

तैपनि, बचाउन सकिने सम्भावना हुँदासम्म एउटा मान्छे पनि मर्न नपरोस् भन्ने सोच सरकार र विपक्षको छ । लकडाउन कड़ा बन्दै छ, खाद्यान्न र औषधिलगायतका पसलबाहेक अन्य बन्द छन् । वर्षकै ठूलो चाडमा समेत मान्छेले एक-अर्को परिवार भेट्न पाएनन् । लकडाउन भन्यो, चुप लाग्यो पनि छैन । निम्न-मध्यम वर्गलाई दह्रो आर्थिक टेवा छ । एक वर्षका लागि काममा जान नसके पनि सरकारले तलब दिएको छ । बिजनेशहरूलाई अनुदान र ऋण छ । स्कुललाई कसरी सुचारु राख्ने भन्नेमा दिनहुँ बहस छ । हरेक स्कुलमा परीक्षण केन्द्र र हरेक विद्यार्थीको नियमित परीक्षण गर्ने तैयारी हुँदै छ । कोभिड़ले भ्वाङ् पारेको अर्थतन्त्र पनि उकास्नु छ, राज्यको बढेको ऋण पनि कन्ट्रोल गर्नु छ । सरकारलाई भ्याई नभ्याई छ !

हाम्रो देशको अवस्था भने अनौठो छ । यस्तो जटिल महामारीको समय छ । जनस्वास्थ्यदेखि अर्थतन्त्रसम्म गम्भीर चिन्तन र छलफल गरेर आवश्यक नियमकानुन र निर्देशन दिनुपर्ने निकाय संसद भङ्ग छ । एक हुल हाम्रा नेता रानीपोखरी ओलीले होइन कालीगढ़ले बनायो भन्छन्, हामी परर ताली बजाउँछौं । देशका प्रधानमन्त्री उत्तेजित हुँदै प्रचण्डलाई नुहाइदिँदा साबुनै सिद्धियो भन्छन्, हामी फेरि परर ताली बजाउँछौं ! हिजोसम्म संसार नै आत्तिने गरी काम भएको थियो, आज एक्कासि कामै गर्न नदिएको, त्यो पनि आफ्नै पार्टीले भन्ने छ । हाम्रो ताली हिजो पनि थियो, आज पनि छ ।

कामका लागि कार्यालय जान नसक्ने प्रधानमन्त्री पार्टी प्यालेसमा मान्छे जम्मा गर्दै आफ्नै पार्टीका सांसदलाई गाली गर्दै हिँडेका छन् । प्रतिपक्षलगायतका दल पनि जिन्दाबाद र मुर्दाबादमैं छन् । यसअघि पर्दाभित्र लुक्ने छिमेकी देशहरू खुलेरै खेलमैदानमा छन् । कोही चुनाब हुन्न भन्छ, कोही पचास लाख भोट आउँछ भनेर ठोकुवा गर्छ । तिनका भेला र ऱ्यालीका तस्बीरहरू हेर्दा अवश्यम्भावी स्वास्थ्य दुर्घटना सम्झेर मुटु काँप्छ ! भोलि देशको स्वास्थ्यपूर्वाधारले नधान्ने स्थिति आउँदा मर्ने त्यो हो, जसले सरकारले तोकेको धरौटी राख्न सक्दैन । धरौटी सम्म जोडेर पनि नपुग्ला, बेडका लागि सिफारिश र सोर्स नपुगेर पनि कतिको ज्यान जान सक्छ ।

यता लकडाउनको एउटा नियम अलि कड़ा बनाउँदा शासकले जनतासँग माफी माग्छन् । हामीकहाँ कसैले लज्जाबोध गर्दैन । कसैले यो निकृष्टतम राजनीतिका लागि आफू दोषी छु भन्दैन । हाम्रा नेता उल्टो छाती फुलाएर संसारकै उत्कृष्ट काम गरिरहेको भाषण गर्दै छन् । हामी त हाम्रा गौरवशाली पार्टी, त्यसको अग्रगामी गुट र क्रान्तिकारी नेताका लागि शहीद हुन त्यसै पनि तयार छौं ! देश, जनता र दाजुभाइ त पार्टीपछि आउने प्राथमिकता हुन् ! जय होस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीज्यू, संक्रमित परिवारले आफ्नो‌ स्वास्थ्यको ख्याल गर्ने कि, मृत्युमा शोक गर्ने कि, सीसीएमसीको प्रकृया पुरा गर्ने ?

कुमार शर्मा आचार्य । सरकारले कोरोनाको व्यवस्थापन जटिल बनाएको रहेछ! सरकारले अस्पतालको व्यवस्था

सरकारलाई जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न माधव नेपालको आव्हान

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार कोरोना भाइरस नियन्त्रण गर्न

पोहोर साल जस्तै यो साल पनि कात्रोमा खल्ती हाल्यो साथीले !!

हामी जब जब मर्न थाल्यौं खेती गर्न थाल्यो साथीले ! पोहोर साल जस्तै

भारतमा कोरोना संक्रमणबाट एकैदिन ४१ सय ९४ को मृत्यु

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा शनिबार पनि संक्रमितको