के गर्नु, नेपालमा बूढाहरूको सत्ता चलिरहेको दशकौँ भइसक्यो, तर खै….?



भीम उपाध्याय ।

वैज्ञानिकका पिता ऋषि हुन् । नेपालीहरू अधिकांश आफूले नजानेको कुरा जानेको छैन भन्न नै चाहँदैनन् । कसैले तपाईंको कुरा मिलेन भनेर सच्याईदियो भने आफूलाई होच्याएको ठान्छन् । कसैले उसको विचार बिपरित बोल्यो भने झनक्क रिसाउँछन् । तर, विकसित देशका मान्छेहरू हाम्रो ठिक बिपरीत सोच्छन् । बिपरीत बिचारलाई सम्मान गर्दै झन् ध्यान दिएर सुन्छन्। विचारहरू माझामाझ गरेर निक्र्यौलमा पुग्छन्। अनि त्यो संश्लेषित विचारलाई सबैको साझा मानेर कार्यान्वयन गर्नमा लाग्छन्।

नेपालीहरूको पनि बौद्धिक बैचारिक समृद्धि गर्नका लागि विकसित देशका जनताले जस्तो विचार गर्ने, सोच्ने संस्कार सिकाउन जरूरी छ । धर्म र राजनीतिको आलोचना भयो भने ती आलोचकसँग आगो हुन्छन्, झगडा गर्न आउँछन् । बैज्ञानिक र ऋषिहरूको कुराको आलोचना गरियो भने ती मित्र बन्न आउँछन्। विज्ञान र अध्यात्म कडा आलोचनामा खरो उत्रदै स्थापित हुँदै आएको हुन्छ । जनतालाई बाचा गरेर बनेका सरकारको दिशा र दशा जुन दिनदेखि मैले सही ट्रयाक छोड्न थालेको पाउथेँ, एक्लै भए पनि चिच्याउन छाडिनँ, छाड्दिनँ । कतिले त्यसलाई नकारात्मक सोच वा कुण्ठा वा तर मार्न नपाएको झोँक देखाएको हो पनि भन्ने गर्छन् । कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि हुन्छ, अचम्म मान्नुपर्दैन ।

दिग्भ्रमका कारणले मुलुकमा अहिले फलतः सही कामहरू पनि ओझेल पर्न थालेका छन् । काम सही गरेर मात्र हुदैन, सही तरिकाले गरिएन भने जसको ठाउँमा अपजस खेप्नुपर्छ। सरकारमा रहेकाहरूले नबुझे पनि तिनका समर्थक, भोटर, हितचिन्तक वा आफन्तहरूले मजाले बुझ्दै गएका पाईन्छन् ।

सनातनी वैदिक हिन्दू संस्कार र संस्कृति, कर्मकाण्ड र मन्त्र, शास्त्र र साहित्यको मूल लक्ष सबै मानवजातिले जीवनको हरेक क्षण, जिवनको हरेक पक्ष, जन्मनअघिदेखि मृत्यु नभएसम्म र मृत्युपश्चात् पनि आनन्दित रहने वैज्ञानिक प्रविधि, प्रकृया , प्रणाली, पद्दति, कला, सीपले समृद्ध पार्नु हो ।

उठ्दा, बस्दा, खाँदा, सुत्दा, बोल्दा, मौन रहँदा, हिँड्दा, नुहाउँदा, बिहान, राति, दिउँसो, साँझ, कुन महिनामा कुन बारमा कुन वर्षमा कुन ऋतुमा के गर्ने के नगर्ने, के खाने, के नखानोस्, बच्चा, युवा, प्रौढ वा बूढाहरूले के गर्ने, के नगर्ने सबै संस्कारहरूको बारेमा ऋषि, आचार्य पण्डितहरूले सबिस्तार बताएकै छन् । ऋषि भनेको आधुनिक भाषामा वैज्ञानिक हो र वैज्ञानिक भनेको प्राचीन भाषामा ऋषि हो ।

नेपालीहरूको पनि बौद्धिक बैचारिक समृद्धि गर्नका लागि विकसित देशका जनताले जस्तो विचार गर्ने, सोच्ने संस्कार सिकाउन जरूरी छ । हाम्रा सबै शास्त्रहरूको शैली वैज्ञानिक संस्कार अनुरूप छन्। सुन, मन्थन गर, जान्न इच्छुक वन, जिज्ञासु विनम्रताका साथ वाद संवाद गर, दिमाग र मनको ढोका खुला राख । श्रद्धाबिना ज्ञान ट्रान्स्फर सम्भव हुँदैन । ज्ञान र नलेज फरक कुरा हुन् । हाम्रा शास्त्रको लक्ष मानवलाई ईश्वर बनाउने हो । ग्रिक दार्शनिक अरस्तुको भनाई छ– युवाहरू भविष्यका लागि बाँच्छन् किनभने तिनको बिगत हुँदैन । तर, बृद्धहरू भने विगतमा बाँच्छन् किनभने तिनको कुनै भविष्य हुँदैन ।
के गर्नु, नेपालमा बूढाहरूको सत्ता चलिरहेको दशकौँ भइसकेको छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आर्थिक वर्षको बजेट लेखनका लागि अर्थ मन्त्रालयले बनायो ६ सदस्यीय समिति

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट

सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैन : महामन्त्री शर्मा

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन

किन चाहियो प्रदेशमा लोकसेवा ?

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग

लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको