बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस कति घातक ?



डा. रवीन्द्र पाण्डे ।

दोस्रो लहरको चपेटामा परेको युरोप अहिले म्युटेसन भएर नयाँ भेरिएन्टको रुपमा बेलायतबाट फैलिएको कोरोना महामारीको अर्को अध्यायमा प्रवेश गर्ने जोखिममा छ । बेलायतको दक्षिणपूर्वी क्षेत्रबाट फैलिएको यो प्रजातिको भाइरसले सिंगो बेलायतलाई असर गरेको छ । आयरल्याण्ड, फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जापान लगायतका देशमा पनि यो भाइरस भित्रिएको छ ।

नयाँ प्रजातिको यो भाइरसको अरुलाई सर्ने दर तीब्र छ । यसको घातकता अझै निश्चित भएको छैन । हामीले एयरपोर्ट तथा सीमामा कडाइ नगर्ने हो भने तथा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन नगर्ने हो भने महामारी फेरि दोहोरिन सक्छ । घातक प्रभाव कम भएपनि जोखिम बर्गका व्यक्ति तथा कमजोर स्वास्थ्य प्रणालीको लागि यो नयाँ भाइरस ठूलो चुनौती हुनेछ ।

हाम्रो देशमा अहिले आन्दोलनको मौसम छ । दैनिक भइरहेका भीडभाडयुक्त बैठक, प्रदर्शन, जुलुस, नाराबाजी आदिको कारण संक्रमण फैलिने ठूलो खतरा छ । अहिले महामारीको अवस्था कम भएको बेला हामी सबैले अनिवार्य र सही तरिकाले मास्क लगाउने तथा भीडभाड नगर्ने हो भने हामी सुरक्षित हुनेछौं । बिरोध तथा भेलाको स्वरूप बदलेर जनस्वास्थ्यका मापदण्ड पालना गर्नु र गराउनु नितान्त जरुरी छ ।

जसरी वुहानबाट सुरु भएको महामारी संसारभर फैलियो, त्यसैगरि बेलायतबाट सुरु भएको नयाँ प्रजातिको महामारी सबै देशमा नपुग्ला भन्न सकिदैन । सरकारले यो नयाँ प्रजातिको भाइरसको रोकथाम गर्नको लागि आवश्यक रणनीति बनाउनु अत्यावश्यक छ । योजनाबद्ध रुपमा निगरानी, परीक्षण, आइसोलेसन, उपचार क्षमता प्रवद्र्धन तथा खोप ल्याउने काममा निष्क्रिय हुने छुट हामीलाई छैन । हामी आम जनता यो प्रजातिबाट आत्तिनुपर्दैन । यसको घातकता अर्को कोरोना भाइरसभन्दा बढी छैन र अहिले बनेका खोप यो प्रजातिको लागि पनि उपयोगी हुने भनेर वैज्ञानिकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने