बिरोधमा रमाएर क्रान्तिकारी बन्ने र युवाहरू सडकमा उफार्ने राजनीतिले कहिल्यै गन्तब्य पाउने छैन



भीम उपाध्याय ।

नेपालको राजनीति सधैँ कसै न कसैको बिरोधमा केन्द्रित हुदै आएको छ । बिरोध गरेर प्राप्त सफलता क्षणिक हुन्छ त्यो पनि कसैको बिरोधबाट नै अवसान हुन पुग्छ । पञ्चायती व्यवस्थामा राजाको विरोध भएको थियो, पञ्चायती पद्दतिको हैन । त्यस्तै ०४७ सालपछिको बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा सुरूमा गिरिजा प्रसाद कोइरालाको बिरोध र पछि राजाको बिरोध भएको थियो । गणतन्त्र आएपछि बिरोध गरिने पात्रहरू विलिन हुन पुगेर किंकर्तब्यविमूढ हुँदै आएकोमा अहिले ओली पात्र दृष्चिगोच भएका छन्, उनकै बिरोधमा राजनीति हुँदैछ ।

जबसम्म मुलुकमा सिर्जनात्मक राजनीति सुरू हुँदैन यो बिरोधमा रमाएर क्रान्तिकारी बन्ने र युवाहरू सडकमा उफार्ने राजनीतिले कहिल्यै गन्तब्य पाउने छैन जसरी आजसम्म पाएन । एक जना मान्छेका कारण राजनीतिक व्यवस्था नै धरासायी हुन खोज्छ भने यो बुझे हुन्छ त्यो व्यवस्थाको जरा र जग एकदम कमजोर छ । जग बलियो बनाउने काम नगरी रूखलाई हल्लाईरहने समाज र राजनीतिले फल खान कहिल्यै पाउँदैन ।

राजनीतिमा लागेका युवाहरूमा सिर्जनात्मक र सकारात्मक राजनीतिक सोचको नितान्त कमी छ । र राजनीतिक प्रणाली र राजनीतिक पूर्वाधारको जग कमजोर भएको हुनाले जेन्युन मानिसहरू राजनीतिबाट बिमुख हुने र उदण्डहरुको रजगज चल्दै जाने गर्दा मुलुक झन् झन् लथालिंगेपनको दुष्चक्रमा फस्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आर्थिक वर्षको बजेट लेखनका लागि अर्थ मन्त्रालयले बनायो ६ सदस्यीय समिति

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट

सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैन : महामन्त्री शर्मा

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन

किन चाहियो प्रदेशमा लोकसेवा ?

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग

लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको