लघुकथा: आफ्नो पहिचान
प्रभादेवी पौडेल ।
-“मम्मी मलाई यसो अलिकति पैसा दीईस्यो न आज मेरी क्रिस्मसको दिन साथी भाईले रमाईलो गरौं भनेका छन्।” -“बुढी क्रिस्मसको मौका पारेर स्टाफहरु घुम्न जाने की भन्ने सल्लाह छ,साथसाथै पिकनिक पनि खाने रे सौराहा गएर।” -“मामु स्कूलमा प्रोग्राम राख्ने रे मलाई रातो टोपी र ज्याकेट किनिदिनु न सबैले किनिसके भोली केक काटेर क्रिस्मस मनाउने रे।”
छोरा बुढा र छोरीका कुरा सुनेर आरती दंग परिन् र मनमनै यो सोचिन्, हैन पोहोर पोहोर त पस्चिमेली मुलुकको यति धेरै प्रभाब परेको थिएन यस्पाली के हुँदै छ।कतै यो अस्थिर राजनितीको प्रभाब त होइन?उनी चिन्तित भईन्। देशका अमुल्य सम्पति भनेका त यहाँको मुल्य मान्यता धर्म चाडपर्ब चाल चलन रितिरिवाज होइनन् र? यो आफ्नो देशको माटो सुहाउदो छ नी, बेकार अर्काको देशको सिको गरेर, चाड मनाउने रे चारतिर छुट्टिएर होइन नी जुटेर पो मनाऊनु पर्छ त्यहि पनि क्रिस्मस हाम्रो सस्कृती होइन हामी हाम्रो रास्ट्रियता जोगाउन किन जान्दैनौं ?त्यही भएर त बिदेशी हस्तक्षेप बढ्दै गैरहेको छ, हामीले आश्वाशनको पछि लागि अर्काको सिको गरेर आफ्नो इज्जत आफैले बेचिरहेका छौं।
उनी यस्तै यस्तै कुरामा सोचाइमा डुबेको बेलामा हैन के बिचार छ गृह अर्थ मन्त्रीको भनि बुढाले सोधे? उनले हजुर भन्दै झस्कीइन् र भनिन्,-” भर्खर त दशैं तिहार सकियो मासू र सेलको रहर छैन ! यसो घांटी हेरेर मात्रै हाड निल्ने हो की बुढा ?” -“त्यसो भए तिमी आफै भन न त के गर्ने भनेर?” बुढाका कुरा सुनेर आरतीले भनिन्,-“हामी फुटेर क्रिस्मस डे होइन की जुटेर थोरै खर्चमा पन्ध्र पुस मनाउने छौं घरमै आफ्नै भान्छामा पकाएको लट्टे र अचार खाएर।” यसमा सबैले समर्थन जनाए र ताली पिटे जाहाँ सबै जसो परिवारका सबै सदस्य थिए। यो सबैको घरमा यस्तै समस्या आइसके पछि सम्पुर्ण जन समुदायलाई आम भेला गराई जन चेतनाका लागि संगम आमा समुहले देखाएको नाटक थियो।