नेताहरुबाट सभ्य नेतृत्व कहिले होला ?



शारदाप्रसाद त्रिताल ।

नेताहरुबाट सभ्य नेतृत्व कहिले होला ! राजनीति सामान्यत बक्र रेखामा अघि बढ्ने प्रकिया हो । जति खराब भए पनि देशलाई राजनीतिले नै डोर्याउने हो । यस प्रक्रियामा बारम्बार झड्काहरु आइरहन्छन् । मिल्ने र छुट्टिने क्रमहरु चलिरहन्छन् । समर्थन र विरोधहरु भइरहन्छन् ।

यस्तो अवस्थालाई देश, समाज र जनताको एकतामा वाधा नपुर्याउने गरी संयोजन गर्ने काम नेतृत्व गर्नेहरुको हो ।

हाम्रो नेपालमा देशको नेतृत्व गरिरहेका वा गरिसकेका नेताहरुमा आफुले नेतृत्व गरिरहेको समूहलाई उत्तेजित बनाउने र विरोधीप्रति तुच्छ गालिगलौज र कानुनले निषेध गरेका कार्य गर्न उत्प्रेरित गराउने प्रवृत्ति हट्न सकेको छैन जसले गर्दा युवा पुस्ता यस्तै खराब प्रवृत्ति अँगाल्दै अराजक र असभ्य बन्न वाध्य छन् ।

मन मिल्दा नजिक पुग्नासाथ गालै चाट्नुपर्ने र अलिकति वैमनस्य हुने वित्तिकै ढुङ्गै हान्नु पर्ने प्रवृत्ति कहिलेसम्म भोग्नु पर्ने हो नेपाली समाजले ! नयाँ पुस्ता वा युवावर्गले नेताहरुबाट सधैं यस्तै सिक्नु पर्ने हो !
नेताज्यूहरु,सभ्य नेतृत्व गर्न पनि सिक्नु होस् न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आर्थिक वर्षको बजेट लेखनका लागि अर्थ मन्त्रालयले बनायो ६ सदस्यीय समिति

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट

सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैन : महामन्त्री शर्मा

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन

किन चाहियो प्रदेशमा लोकसेवा ?

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग

लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको