छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बसेर प्रधानमन्त्रीको कदमविरुद्ध आगामी रणनीति तय गर्ने नेकपासहित तीन दलको निर्णय



काठमाडौं । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको निष्कर्ष निकालेका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार बसेको तीन दलको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको साझा निष्कर्ष निकालेको हो ।

संसद विघटनमा बिषयमा तीनवटै पार्टीले छुट्टाछुटै केन्द्रीय समिति बैठक बस्ने र त्यसपछि पुनः बैठक बसेर आगामी रणनीति तय गर्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले संविधानमा नभएको धारणालाई आधार बनाएर संसद् विघटन गरिएको बताए ।

त्यस्तै काँग्रेस केन्द्रीय सदस्य रमेश लेखककाअनुसार नेकपा र काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रतिवादको पार्टी रणनीति बनाउने र त्यसपछि बस्ने सर्वदलीय बैठकले एकीकृत नीति लिने निर्णय भएको बताए । बैठकमा तीनै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ