अविलम्ब नियमित संसद् बैठक बोलाउन प्रचण्ड-नेपाल पक्षका सांसदहरुको माग



काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरुको बैठकले अविलम्ब संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । संघीय संसद भवन नयाँबानेश्वरमा सोमबार बसेको बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार घोषणा गर्दै संसद्को नियमित अधिवेशन बोलाउन माग गरेको हो ।

बैठकलेसंसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अघि बढाइनुपर्नेमा जोड समेत दिएको छ । नेपालको संविधान बमोजिम प्रतिनिधिसभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको समेत निष्कर्ष बैठकले निकालेको नेता देव गुरुङले जानकारी दिए ।

बैठकअघि गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन् । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको