आफूलाई घेराबन्दीमा पार्न लागिएकाले बाध्यात्मक अवस्थामा संसद विघटनको निर्णयः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको निर्णयमा अदालत बाधक नहुने बताएका छन् । सोमबार बालुवाटारमा आफूनिकट सांसदहरुको भेलामा ओलीले आफू ६४ प्रतिशत मत प्राप्त प्रधानमन्त्री भएकाले आफूले गरेको निर्णयमा अदालत बाधक नहुने बताएका हुन् ।

ओलीले आफूलाई घेराबन्दीमा पार्न लागिएकाले बाध्यात्मक अवस्थामा यो निर्णय लिनुपरेको बताए । प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनताले नै गर्ने निर्णय अन्तिम हुने भएकाले जनताकहाँ जाने निर्णय गरिएको समेत उल्लेख गरे । भेलामा ओलीले प्रचण्डले आफूलाई कारवाही गर्न नसक्ने दावी गर्दै आफ्नो उपस्थिति बिनाको निर्णय आधिकारीक नहुने जिकिर गरेका थिए ।

भेलामा सहभागी सांसद निरुदेवी पालले सरकारलाई काम पनि गर्न नदिएको र नेकपालाई पनि कमजोर बनाउने खेल भएको प्रधानमन्त्रीले बताउनुभएको जानकारी दिइन् । प्रधानमन्त्री ओलीले नयाँ जनादेशका लागि तयार रहन पनि निर्देशन दिनुभएको उनले जानकारी दिइन् । भेलामा ओलीले प्रधानमन्त्री पद सम्हालेपछि मुलुकमा भएका मुख्यमुख्य कामका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा

  दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त