देशभक्त शक्तिहरुसँग नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडि बढ्न विप्लवको आह्वान



काठमाडौं । विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले फाँसिवादको सहारा लिएको बताएको छ । आइतबार साँझ विज्ञप्ति जारी गरी पार्टी महासचिव विप्लवले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने भन्दै फाँसीवादको सहारा लिँदै संसद विघटन गरेको दाबी गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने सङ्घर्षले उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र सङ्कट आउनु अनिवार्य थियो ।’विप्लवले लोकतन्त्रवादी, प्रगतिशील, देशभक्त शक्तिहरुसँग आफू नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडि बढ्न तयार रहेको प्रस्ताव समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्वतमा कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाईँदै

पर्वत । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्

रुपन्देही र बाँकेमा गरी थप सात जना कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु

कांग्रेस संसदीय दलको बैठक बस्दै, विश्वासको मत विफल पार्न सांसदहरुलाई निर्देशन दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।