७ जना मन्त्रीले दिए राजीनामा



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरे पछि सरकारमा रहेका सात मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी ऊर्जामन्त्री वर्षमान पुन, खानेपानी मन्त्री विना मगर, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र श्रम तथा रोगजारमन्त्री रामेश्वर राय यादवले पदबाट राजीनामा दिएका हुन् ।

प्रधानमन्त्रीको असंवैधानिक कदममा असहमति जनाउँदै राजीनामा दिएको उनीहरुले बताएका छन् । पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्रीको कदमप्रतिअसहमत जनाउदै राजीनामा दिएको बताए ।

त्यस्तै वर्षमान पुनले आफूहरुले कुनै आवेगमा आएर राजीनामा नदिएको उल्लेख गरे । प्रधानमन्त्रीलाई गल्ती सच्चाउँन दवाव होस् भनेर सामूहिक राजीनामा दिएको उनले बताए

त्यस्तै धनश्याम भुसालले प्रधानमन्त्रीको कदम कम्युनिस्ट राजनीतिका लागि मात्रै नभएर अग्रगामी, वामपन्थी र उदारवादी राजनीतिकै लागि संकट भएको बताए ।

राजीनामा दिनेमा प्रचण्ड–नेपाल पक्षका मन्त्रीहरु रहेका छन् । यसअघिका माओवादी खेलका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ