टर्कीमा कोरोनाका बिरामी राखेको अस्पतालमा भेन्टिलेटर पड्किँदा नौ जनाको मृत्यु



दक्षिणी टर्कीस्थित कोरोनाभाइरसका बिरामीहरूको उपचार भइरहेको एउटा अस्पतालमा अक्सिजन भेन्टिलेटर पड्किँदा नौ जनाको मृत्यु भएको छ । विस्फोटपछि गाजियान्टेपस्थित सान्को विश्वविद्यालय अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको स्थानीय गभर्नरको कार्यालयले जनाएको छ ।

अर्को अस्पतालमा सार्ने क्रममा कम्तीमा एकजना बिरामीको ज्यान गएको थियो । टर्कीमा हालसम्म २० लाखभन्दा धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण फेला परिसकेको छ । कोभिड १९ का कारण त्यहाँ १७ हजार ६१० जनाको ज्यान गइसकेको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ । शनिवार सबेरै भएको उक्त घटनापश्चात् लागेको आगलागीमा अरू थप घाइते भएका छैनन् ।

आगो चाँडै नै निभाइएको थियो । मारिनेहरूमा ५६ देखि ८५ वर्ष उमेरका बिरामीहरू रहेका र विस्फोटको कारणबारे अनुसन्धान थालिएको अस्पतालले जनाएको छ । सोही वार्डमा उपचाररत अन्य बिरामीलाई नजिकैका अरू अस्पतालमा सारिएको गाजियान्टेपका गभर्नको कार्यालयले जानकारी दिएको छ ।

टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालीनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ट्वीट गरेका छन् । गत महिना रोमानियाको एउटा अस्पतालमा भएको आगलागीमा परी कोरोनाभाइरसका १० जना बिरामीको ज्यान गएको थियो । त्यहाँ एउटा मेडिकल सामग्रीमा आगो लागेपछि अक्सिजन सिलिण्डरमा पनि आगो फैलिएको बताइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

  इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू