नेकपाको स्थायी कमिटी बैठक बस्दै, आउलान् त ओली बैठकमा ?



काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको आन्तरिक विवादकै विषयमा छलफल हुनेछ ।

यसअघि गत बुधबार बसेको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने, राष्ट्रपति समक्ष संसदको अधिवेशन माग गर्दै गरिएको आवेदन फिर्ता लिने तथा संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय भएको थियो ।

बैठकले केन्द्रीय कमिटी बैठक पुस १० गते बोलाउने निर्णय गरेको थियो । यसअघि स्थायी कमिटी सदस्यहरुलाई प्रस्तावका रुपमा अध्ययनका लागि वितरण गरिएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका आरोप पत्रलाई फिर्ता लिने विषयमा सहमति जुटेको छैन ।

अध्यक्ष ओलीले आरोप पत्र फिर्ता लिन र सहमतिको दस्ताबेज तयार गरी प्रस्तावका रुपमा पेश गर्न आग्रह गर्दै हिजो बिहान खुमलटार पुगेर अर्का अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । तर प्रचण्डले फिर्ता लिने संकेत नदिएको बताइएको छ । स्थायी कमिटी बैठकमा भएको सहमति बमोजिम सरकारले अध्यादेश फिर्ता नगरेकाले आजको बैठकमा थप विवाद हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकाशमानलाई सांसद ज्वालाको आग्रहः गणेशमानको बदनाम गनुभो, माफी माग्नुस्

काठमाडौँ । नेकपा एकीकृत सामाजवादीका सांसद प्रकाश ज्वालाले उपप्रधान तथा सहरी विकास मन्त्री

मन्त्री र शीर्षस्त नेताहरूको जिल्लामा बजेट बढी विनियोजन गरेर विभेद गरियोः सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बजेट सन्तुलिन नभएको बताएका छन् ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, दुई खर्ब १७ अर्बको लक्ष्यमा ९९ अर्ब मात्र उठ्यो

काठमाडौँ । चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर

फेरि भाँचियो तामाकोशीको पुल

मन्थली । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौली ठेडिखोला जोड्ने