कांग्रेस र जनता समाजवादी पार्टीले तत्काल संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने
काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच दुई बुँदे समझदारी भएको छ । शनिबार अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दुई पार्टीका शीर्ष नेताबीच भएको भेटमा दुई बुँदै समझदारी भएको हो ।
दुई पार्टीबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड १९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो ।