‘हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अबत चुप लाग्छन् कि ?’



काठमाडौं । सत्तारुढ नेकपाका नेता डा. भीम रावलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग भेट्दा पुच्छर भएभन्नेहरू अब चुप लाग्ने बताएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शनिबार खुमलटार पुगेपछि ट्वीट गर्दै रावलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो भएको भन्दै सहमति नभए विधिबाट समाधान खोज्नुपर्ने समेत बताएका छन् । रावलले लेखेका छन्, ‘बिहान प्रम केपी ओलीजी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ । वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ । हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अबत चुप लाग्छन् कि ? नेताहरू बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो।सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीज्यू, संक्रमित परिवारले आफ्नो‌ स्वास्थ्यको ख्याल गर्ने कि, मृत्युमा शोक गर्ने कि, सीसीएमसीको प्रकृया पुरा गर्ने ?

कुमार शर्मा आचार्य । सरकारले कोरोनाको व्यवस्थापन जटिल बनाएको रहेछ! सरकारले अस्पतालको व्यवस्था

पर्वतमा कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाईँदै

पर्वत । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्

कांग्रेस संसदीय दलको बैठक बस्दै, विश्वासको मत विफल पार्न सांसदहरुलाई निर्देशन दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।