थप ७३६ जनामा कोरोना संक्रमण, ८४७ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका ८० वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५०९१६ पुगेको छ ।
त्यसैगरी बुधबार थप ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३८५६९ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १७४३ पुगेको छ । क्वारेन्टाइनमा ४५२ जना छन् भने आइसोलेसनमा ९७५७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।