ओलीको विभाजनकारी मानसिकतालाई अध्यादेशले पुष्टि गर्योः प्रचण्ड


काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।

मंगलबार बिबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले अध्यादेशले लोकतन्त्रको उपहास गरेको बताएका हुन् । अध्यादेश नियोजित रूपमा ल्याइएको भन्दै प्रचण्डले यसलाई निरंकुशताको संकेत भएको बताएका छन् ।

उनले आफूलाई अध्यादेश ल्याउनेबारे कुनै जानकारी नभएको भन्दै आफूले पनि सञ्चारमाध्यमबाट मात्र यसबारे थाहा पाएको बताए । प्रधानमन्त्री ओलीको विभाजनकारी मानसिकतालाई अध्यादेशले पुष्टि गरेको प्रचण्डको भनाइ थियो । अध्यादेश ल्याएर संसदलाई अपमानित गर्ने काम प्रधानमन्त्रीले गरेको आरोप उनले लगाए।