काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको बेला ल्याइएको अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् ।
उनले एकमनोवाद वा सर्वसत्तावाद प्रवृतिलाई बढावा दिंदै ल्याईएको यस प्रकारको अध्यादेशमार्फत मुलुक संचालन गर्न खोज्नु नेपाली जनता र समग्र आन्दोलनमाथि अपमान भएको भन्दै अध्यादेश जस्तको तस्तै फिर्ता लिन माग गरेका हुन् ।
उनले भनेका छन्, ‘पार्टीको स्थायी समितिको बैठक चलिरहेको र अन्तर्विरोध चर्किरहेको बेला, सार्वभौम सम्पन्न संसदलाई समेत बन्धक बनाई अध्यादेश ल्याईनु गलत छ, नेपालको संविधानलाई लत्याएर शक्ति र सत्ताको दुरुपयोग गरि ल्याईएको यो अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएको छ, एकमनोवाद वा सर्वसत्तावाद प्रवृतिलाई बढावा दिंदै ल्याईएको यस प्रकारको अध्यादेश मार्फत मुलुक संचालन गर्न खोज्नु नेपाली जनता र समग्र आन्दोलन माथि नै अपमान हुने हुँदा यो अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्दछ।’

प्रतिक्रिया