थप ९३६ जनामा कोरोना संक्रमण, १९९६ जना कोरोना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५०१८० पुगेको छ ।
त्यसैगरी मंगलबार थप १९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३८५६९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७३० पुगेको छ । क्वारेन्टाइनमा ४५७ जना रहेका छन् भने आइसोलेसनमा ९८८१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।