दीप बस्न्यातविरुद्ध बोल्दै हुनुहुन्छ भने एकछिन आँखा बन्द गरेर आफ्नो मन र विवेकलाई सोध्नुहोला



नारायण गाउँले ।

दीप बस्न्यातविरुद्ध बोल्दै हुनुहुन्छ भने एकछिन आँखा बन्द गरेर आफ्नो मन र विवेकलाई सोध्नुहोला, एउटा मन्त्रालयको सचिवले मन्त्रीदेखि अन्य कर्मचारीलाई छलेर एक खर्ब कमाउन सक्ने भन्ने त हुँदैन । दह्रो राजनैतिक पहुँच, सिस्टमकै सेटिङ् र मिलोमतो नभई यति ठूलो भ्रष्टाचार व्यक्ति एक्लैले गर्न सक्ने कुरो भएन ।

दीप बस्न्यातसँग गृहमन्त्रीदेखि उपराष्ट्रपतिसम्मका छोराहरू करोडौंका बिजनेस पार्टर रहेको भन्ने त पढ्नुसुन्नुभएकै होला ।
अहिले दीप बस्न्यात अदालतमा तानिएको बालुवाटारको जग्गा प्रकरणमा हो । त्यो जग्गामा उनीसँग अर्थमन्त्री विष्णु पौडेलका छोराको ‘पार्टनरशिप’ बारे पनि पढ्नुभएकै होला । पौडेलले त झुक्किएर किनेको भन्ने लागेको भए तपाईंलाई भनिदिउँ, उनले अन्यसँग नभई आफ्नै मित्र एवं नेकपा नेता शोभाकान्त ढकालमार्फ़त उक्त जग्गाको कारोबार गरेको त स्पष्टै छ । ढकाललाई सरकारी छानबिन आयोगले मुख्य माफिया भनेर तोकेकै छ । बस्न्यात त्यही नेक्ससका एक पात्र मात्र हुन् ।

सचिव या राजदूत बन्नका लागि कति धरौटी र शेयर कसलाई चढाउनुपर्छ होला भन्ने जिज्ञासाको पनि जबाफ ढिलो चाँडो मिल्छ नै ।
जबसम्म नेताको खराउ मण्डपमा राखेर पुज्ने रहर रहिरहन्छ, त्यतिन्जेल बस्न्यातहरूलाई गाली गर्ने कहर नउठाउनु नै बेश हुन्छ । कपाल खौरेर फोक्सोमा लागेको रोग कसरी निको हुन्छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन चाहियो प्रदेशमा लोकसेवा ?

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग

लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा देउवा र कोइराला पक्षका नेविसंघका कार्यकर्ताबीच झडप

विराटनगर ।  नेपाल विद्यार्थी संघ मोरङमा दुई पक्षबीच कुटाकुट भएको छ। बिहीबार स्वतन्त्र

कुम्भमेला र पशुपतिको शिवरात्री

-डा. गोविन्दशरण उपाध्याय । भारतको महाकुम्भमा ६० करोड़ मान्छेले स्नानको अन्तिम दिनमै नेपालको