विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन आगामी फागुन ७ मा सम्भव नभएको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले महाधिवेशन जेठमा गर्नुपर्ने बताए ।
पार्टीको क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाउनै तीन महिना लाग्ने भन्दै उनले फागुनसम्ममा क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाएर जेठमा महाधिवेशन गर्नुपर्ने बताए ।
उनले महाधिवेशनमा आफूहरूका तर्फबाट जो भए पनि सभापतिको उम्मेदवार एक जना मात्रै हुने स्पष्ट पारे । कोइरालाले देशमा अब राजतन्त्र फर्केर नआउने बताए । उनले जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्नेमा भने जोड दिए । उनले कांग्रेस अब कहिल्यै कम्युनिस्टसँग सहकार्य गरेर अघि नबढ्ने बताए ।

प्रतिक्रिया